• आइतबार, १४ भदौ २०८३
  • images

    अब हेटौंडामा पनि मिर्गौला प्रत्यारोपण हुने

    अब हेटौंडामा पनि मिर्गौला प्रत्यारोपण हुने

    मदन भण्डारी प्रतिष्ठान र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दबीच सम्झौता

    हेल्दीखबर
    मंगलबार, मंसिर २० २०७९
    हेल्दीखबर
    मंगलबार, मंसिर २० २०७९
    अब हेटौंडामा पनि मिर्गौला प्रत्यारोपण हुने


    काठमाडौँ, २० मंसिर । अबदेखि हेटौँडामा पनि मिर्गौला प्रत्यारोपण हुने भएको छ । 
     भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच आज एक कार्यक्रमबीच सम्झौता भएसंगै हेटौँडामा मिर्गौला प्रत्यारोपण सुरु हुने भएको हो । 
      शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेडौँटाका उपकुलपति प्राडा.विश्वराज जोशी तथा हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटाबीच हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्ने तथा डाइलासिस सेवालाई विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
     धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अगुवाइमा प्रत्यारोपण सेवाको थप विस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार भइरहेको छ । 
     कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे , मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अन्य पदाधिकारीहरु, हेटौंडा अस्पतालका प्रमुख, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक र नेपाल उद्योग बाणिज्य महासंघका  पूर्व अध्यक्ष कुश कुमार जोशीको उपस्थिति रहेको थियो । 

    samjhauta.jpg

    केन्द्रले आर्थिक वर्ष २०७९÷८० भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडामा प्रत्यारोपण कार्य शुरु गर्ने छ ।  यस्तै बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले कर्मचारीहरुको लागि जनशक्तिको तालिम दिने छ । 
     यस्तै मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाका स्वास्थ्यकर्मीहरुलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपाण केन्द्र, भक्तपुरमा मिर्गौला प्रत्यारोपण फेलोशिप प्रदान गर्ने, एम.सि.एच युरोलोजी, डि.एम. नेफ्रोलोजि, नर्सिङ्ग विषयको स्नातक तथा स्नात्तोकोत्तर तह लगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य  गर्ने लगातका बुँदाहरुमा सम्झौता भएको छ । 

    कार्यक्रममा मुख्यमन्त्री  राजेन्द्र पाण्डेले  प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष महत्व दिएको बताउनुभयो । उहाँले मिर्गौला  प्रत्यारोपण कार्य विशेष प्राथमिकाताका साथ अगाढी बढाउने बताउनुभयो । 
     शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले केन्द्रले देशका साटवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गरिसकिएको जानकारी दिनुभयो । 
    उहाँले यसै महिना सुर्खेत प्रादेशिक अस्तालमा प्रत्यारोपण गरिने र क्रमश धनगढीमा समेत प्रत्यारोपण सेवा शुरु गरिने जानकरी गराउनुभयोे । डा श्रेष्ठले यहि आबभित्र  भौगोलिक दृष्टीकोणले उपयुक्त बागमति प्रदेशको हेटौडा अस्पतालमा मिर्गौला  प्रत्यारोपण कार्य सूचारु गर्न तदरुकताका साथ कार्य गरिने जानकारी गराउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार