• शनिबार, १ कात्तिक २०८३
  • images

    क्यान्सर जितेका बालबालिकाको भेला सम्पन्न

    क्यान्सर जितेका बालबालिकाको भेला सम्पन्न

    हेल्दीखबर
    शुक्रबार, भदौ ३१ २०७९
    हेल्दीखबर
    शुक्रबार, भदौ ३१ २०७९
    क्यान्सर जितेका बालबालिकाको भेला सम्पन्न


    काठमाडौँ । कान्ति अस्पतालमा क्यान्सर जितेका बालबालिकाको भेला सम्पन्न भएको छ । 

    कान्तिबाल अस्पतालले शुक्रबार क्यान्सरलाई जित्न सफल भएका बालबालिकाको भेला गरेको हो।

    images

    उक्त भेलामा विभिन्न उमेर समूहका करिब २० जना बालबालिकाहरू क्यान्सर विजेता भेला कार्यक्रममा सहभागी भएका थिए।  कार्यक्रममा कान्ति बाल अस्पतालमा उपचार गरेर निको भएका धेरै बालबालिकाले आफूलाई भएको क्यान्सरको विषयमा खुलेर कुरा गरेका थिए। 

    सेप्टेम्बर बालबालिकामा हुने क्यान्सरको जनचेतना जगाउने महिना पनि हो। बाल क्यान्सर रोग विशेषज्ञ डा विष्णुरथ गिरीले क्यान्सर जितेका बालबालिकाको यो भेलाले बाल क्यान्सर समयमै उपचार गरेमा निको हुन्छ भन्ने सन्देश आममानिसमा पुग्छ भन्ने विश्वास लिएको बताउनुभयो । ‘उपचारपश्चात सामान्य जीवनयापन गरिरहेका बालबालिकालाई देखेर अहिले उपचार गरीरहेका बालबालिका र तिनका परिवारलाई पनि एक किसिमको हिम्मत मिल्छ भन्ने विश्वास लिएको उहाँको भनाई छ । 
     क्यान्सरको उपचार सम्भव छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । 

    कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा कैलाश प्रसाद साहले पनि छिटो पहिचान गर्न सके क्यान्सरको उपचार ९० प्रतिशतसम्म निको हुने बताउनुभयो ।  

    कान्ति बाल अस्पतालमै क्यान्सरको उपचार गराइरहेका बालबालिकाका अभिभावक पनि क्यान्सर जितेर सामान्य जीवनयापन गरिरहेका बालबालिका देखेर आफूहरुमा थप हिम्मत आएको बताउँछन्। 

    अहिले सरकारले क्यान्सरको उपचारमा सहुलियत होस् भनेर प्रत्येक बिरामीलाई एक लाख रुपैयाँ दिने गरेको छ। साथै बागमती प्रदेशले थप सहयोग होस् भनेर थपेको ५० हजार रुपैयाँ कान्ति बाल अस्पतालले बिरामीलाई दिन सुरु गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार