• आइतबार, १४ भदौ २०८३
  • images

    कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

    कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

    हेल्दीखबर
    आइतबार, भदौ १९ २०७९
    हेल्दीखबर
    आइतबार, भदौ १९ २०७९
    कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

    काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् ।

    आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै सुनुवाइ नभएको भन्दै २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनरत कर्मचारीहरूले निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
    सङ्घर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समेत बताएको छ । सङ्घर्ष समितिले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्वास्थ्य मन्त्रालयमा १३ भदौमा तीन बुँदे माग राखी तीन दिनभित्र माग पुरा नभएर निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जानकारी गराइएको थियो । कुनै सुनुवाइ नभएका कारण तालाबन्दी गरेका हौँ । मन्त्रालय धर्ना कार्यक्रम सुरु गर्नेछौँ ।’

    स्वास्थ्य तथा जनसख्यामन्त्री भवानी खापुङ तथा राज्यमन्त्री हिराचन्द्र केसीसमक्ष भदौ १३ मा सङ्घर्ष समिति तीन बुँदे माग समेत पेस गरेको थियो, जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायत छन् ।

    संघर्षसमितिले निर्देशक समक्ष राखिएको २४ बुँदे मागमा भने नेतृत्व तहबाट भएको भनिएको आर्थिक अनियमितताको छानबिनका साथै सेवा सुविधा र व्यवस्थापनका विषय समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार