काठमाडौ । पूर्व मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार राति उहाँको निधन भएको हो । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभयो ।
मिथिला संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । नेकपा (संयुक्त)को सांसद रहेको बेला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।
चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो ।