काठमाडौं । अल्फा डाइग्नोष्टिक सेन्टर र एनपिएल काठमाडौं प्रालिले त्रिभुवन विमानस्थलमा युएई जाने यात्रुको कोभिड-१९ (पिसिआर) परीक्षण गर्ने अनुमति पाएका छन् ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अल्फा डाइग्नोटिक र एनपिएल काठमाडौं प्रालि युएई जाने यात्रुको मात्र कोभिड-१९ परीक्षण अनुमति दिएको हो। अल्फा र एनपिएल दुवै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गको मान्यता प्राप्त ल्याब हुन् । यसअघि स्टार, सुमेरूलगायतका ल्याबलाई पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणका लागि अनुमति दिएको थियो।