• शनिबार, १ कात्तिक २०८३
  • images

    जीन सिक्वेन्सिङ गरिएका सबै नमुनामा डेल्टा भेरियन्ट

    जीन सिक्वेन्सिङ गरिएका सबै नमुनामा डेल्टा भेरियन्ट

    हेल्दीखबर
    सोमबार, असोज ११ २०७८
    हेल्दीखबर
    सोमबार, असोज ११ २०७८
    जीन सिक्वेन्सिङ गरिएका सबै नमुनामा डेल्टा भेरियन्ट

    काठमाडौं । नेपालमा कोभिड–१९ भाइरसको जीन सिक्वेन्सिङ गर्दा सबैमा डेल्टा भेरियन्ट देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा गरिएको कोभिड–१९ भाइरसको जीन सिक्वेन्सिङको नतिजाबारे जानकारी दिएको छ । 

     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले जीन सिक्वेन्सिङको नतिजाबारे जानकारी दिँदै इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखालाई पत्र पठाउनु भएको छ । 
    झाले पठाएको पत्रका अनुसार नेपालमा ४२  नमुनाको जीन सिक्वेन्सिङ गरिएको हो। यसमध्ये त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूनाको सिक्वेन्सिङ गरिएको थियो । जसमा भदौ र असोजमा संकलन गरिएको नमुना ४१ वटा थिए । यी सबैमा डेल्टा भेरियन्ट देखिएको डा. झाले जानकारी दिनुभएको छ । 
    उहाँका अनुसार बैशाखमा संकलन गरिएको १ नमुनामा भने अल्फा भेरिएन्ट देखिएको छ। 
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य संठगनको नेपालस्थित कार्यालय, एफएचआइी–३६० ले सहयोग गरेको थियो । त्रिभुवन विश्व विद्यालय जैविक प्रविधि केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले जीन सिक्वेन्सिङका लागि सहयोग गरेको थियो ।  

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार