काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा. समीर कुमार अधिकारीका अनुसार परीक्षण गराएका ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको जानकारी दिनुभयो।
उहाँले देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के४१७ एन म्युटेसन भेटिएको छ जसलाई एवाई.१नाम दिइएको बताउनुभयो ।
मन्त्रालयले जेठमध्येदेखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलन गरेर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाएको थियो। सो क्रममा नेपालमा डेल्टा प्लस भेरियन्ट पनि फेला परेको हो। उहाँले यो भेरियन्ट तीब्र रुपम्क सर्ने खालको भएको बताउनुभयो ।