• बुधबार, ४ कात्तिक २०८३
  • images

     सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण, चिकित्सा क्षेत्रमा ठुलो सफलता

     सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण, चिकित्सा क्षेत्रमा ठुलो सफलता

    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
     सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण, चिकित्सा क्षेत्रमा ठुलो सफलता

     अमेरिका । सुँगुरको मिर्गौला मानिसको शरीरमा प्रत्यारोपण गरिएको छ । अमेरिकाको एनवाईयू ल्याङ्गोन हेल्थ न्यूयोर्कका चिकित्सकहरूले मानव शरीरमा सुँगुरको मिर्गौला  सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएका हुन्। जनावरको मिर्गौला  मानिसमा प्रत्यारोपण गरिएको यो विश्वमै पहिलोपटक हो। यस प्रत्यारोपणका लागि लामो समयदेखि अध्ययनअनुसन्धान गरिएको थियो।  सो सफल प्रत्यारोपणले आउने दिनहरुमा मानवअङ्गको कमीलाई पुरा गर्ने चिकित्सकहरुको विश्वास छ। जनावरको अङ्ग मानव शरीरमा प्रत्यारोपण सम्बन्धि लामो समयदेखि हुँदै आइरहेको अध्ययनमा सफलता हात परेको छ । पछिल्लो पटक सुँगुरको मिर्गौला मानव शरीरमा सफलतापूर्वक प्रत्यारोपण गर्न चिकित्सकहरू सफल हुनुभएको हो । सुँगुरको मिर्गौला  ‘ब्रेन–डेथ’ भएकी एक महिलामा प्रत्यारोपण गरिएको छ। उहाँको  मिर्गौला  फेल भएको थियो। परिवारको अनुमति पछि भेन्टिलेटरमा राखिएकी सो महिलामा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक डा. रोबर्ट मोन्टगोमरीले बताए। सो मृगौलाले शरीरमा काम गरिरहेको  उहाँको  दावी छ। डा. रोबर्ट मोन्टगोमरी सुँगुरको कोषहरुमा पाइने चिनी मानव शरीरलाई स्वीकार नगर्ने बताउनुभयो । जसकारण यसअघि गरिएको अनेकौं प्रयास सफल हुन सकेको थिएन। त्यसैले यसपटक डाक्टरहरु विशेष परिमार्जित जीनभएका सुँगुरहरुलाई प्रयोग गरे। यसमा सुँगुरको कोषमा भएका सुगरलाई खतम गर्ने र इम्यून सिस्टमलाई हमलाबाट बचाउम केहि   केहि आनुवंशिक परिवर्तन गरिएको थियो।  एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार