• आइतबार, १४ भदौ २०८३
  • images

    भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण

    भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण

    हेल्दीखबर
    मंगलबार, मंसिर २१ २०७८
    हेल्दीखबर
    मंगलबार, मंसिर २१ २०७८
    भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण

    भक्तपुर- भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

    विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षमा यो सफलता हासिल गरेको केन्द्रले जनाएकाे छ।

    वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको बताइएकाे छ।रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार