काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई एक्कासी दम बढेर छातिमा गाहे भएपछि नर्भिक अस्पताल ल्याइएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर गाह्रो भएको छ । दमको उपचार जारी राखिएको छ। अस्पताल ल्याएलगत्तै वैद्यको छातिको एक्सरे गरिएको थियो। सो क्रममा छातिमा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दमबाट पीडित हुनुहुन्छ ।