• मंगलबार, २७ असोज २०८३
  • images

    तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच सम्झौता, आँखा स्वास्थ्यलाई विस्तार गरिने

    तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच सम्झौता, आँखा स्वास्थ्यलाई विस्तार गरिने

    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    हेल्दीखबर
    सोमबार, असोज २५ २०७८
    तिलगंगा आँखा प्रतिष्ठान र रेडक्रसबीच सम्झौता, आँखा स्वास्थ्यलाई विस्तार  गरिने


    काठमाडौें । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटीबीच आँखा स्वास्थ्य सेवा विकास गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
    समझदारी अनुसार तत्काल कर्णाली प्रदेश र दुईनम्बर प्रदेशमा  आँखा स्वास्थ्य प्रवद्र्धन, विकास, विस्तार एवं सञ्चालन सम्बन्धी कार्य हुने जनाइएको छ । 
    उक्त कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका फाउण्डर तथा कार्यकारी प्रमुख डा. सन्दुक रुइत र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । 
    कार्यक्रममा डा. रुइतले दुवै सस्थाको उद्देस्य एउटै भएको बताउनुभयो । 


    उहाँले रेडक्रस र तिलगंगाको सेवाभाव उद्देस्य भएकोले काम गर्न सहज हुने बताउनुभयो ।  मानवीय सेवा क्षेत्रमा कार्य गर्ने वृहत संस्था र नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा बिशिष्ट पहिचान वनाएको तिलगंगा प्रतिष्ठानबीच सम्झौता भएर काम गर्न पाउनु आँखा स्वास्थ्यको क्षेत्रमा ठूलो योगदान हुने उहाको भनाई छ । डा. रुइतले  दुवै संस्थाको साझा उद्देश्य, आँखा स्वास्थ्यको प्रवद्र्धन गर्ने गरी बृहत, गुणस्तरिय, पहुंचयोग्य, आँखा उपचार सेवालाई समतामुलक एवं प्रभावकारी गराउन आफ्नो आफ्नो क्षेत्रको विज्ञताको उच्चतम प्रयोग गर्ने बताउनुभयो । 
    तिलगंगा आँखा प्रतिष्ठानका परियोजना प्रबन्धक डा. मोहन कृष्ण श्रेष्ठले दुईसस्थाबीच भएको सम्झौता अनुसार  कर्णाली प्रदेश तथा दुई नम्वर प्रदेशमा आँखा स्वास्थ्यमा काम गर्ने बताउनुभयो । डा. श्रेष्ठले यो कार्यलाई क्रमश देशभर रहेको अन्धोपनको समस्यालाई सहकार्यको माध्यमवाट नागरिकको देख्न पाउने अधिकारलाई स्थापित गराउन लागि पर्ने बताउनुभयो । 
    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रस सोसाइटी र तिलगंगा आँखा प्रतिष्ठानको उद्देस्य मानव सेवा रहेकोले सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँले सम्झौतापत्र दुई संस्था विचको विगतमा भएको सहकार्य, आपसि समझदारी र सहयोगको अभिलेखीकरण, सम्मान र आगामी समयका सहकार्य गरिने प्रष्ट पार्नुभयो । 
    कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी अधिकृत डा. रीता गुरुङले नेपाल रेडक्रसंग मिलेर आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्नु आँखा स्वास्थ्यमा ठूलो उपलब्धी भएको बताउनुभयो। 

    तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटीबीच भएको सम्झौताका मुख्य बुँदाहरु
     
    १.आँखा स्वास्थ्यको प्रवद्र्धन गर्ने गरी बृहत, गुणस्तरिय, पहुँच योग्य, आँखा उपचार सेवालाई समतामुलक एवं प्रभावकारी गराउन आफ्नो आफ्नो क्षेत्रको विज्ञताको उच्चतम प्रयोग गरीे कर्णालीप्रदेश, २ (दुई)नम्वर प्रदेश र क्रमश देशभर रहेको अन्धोपनको समस्यालाई सहकार्यको माध्यमवाट नागरिकको देख्न पाउने अधिकारलाई स्थापित गराउन दुई संस्था बिच सम्झौता भएको छ । 

    २. दुवै संस्थाको आफ््नो विज्ञता एवं संजालको उच्चतम प्रयोग गरी नेपाल रेडक्रस सोसाइटीको आँखा अस्पताल,सामुदायिक आँखा उपचार केन्द्र वा स्थानिय सरकारसँग सहकार्य गरी संचालनमा रहेका आँखा सेवा इकाइहरुको सेवालाई बृहत, गुणस्तरिय, समतामुलक एवं पहुँचयोग्य बनाउँदै विशिष्टिकृत सेवा प्रदान गर्न सक्ने नमुनाको आँखा स्वास्थ्य सेवा स्थापित गराउने रहेको छ जस्को लागि आँखा स्वास्थ्य सेवामा पहुँच नपुगेको नागरिकको पहुँच पुर्याउँन वाह्य (सामुदायिक) आँखा सेवा कार्यक्रम मार्फत रोकथाम, उपचारात्मक एवं प्रवद्र्धनात्मक सेवा पुर्याउने छ। 

    ३. आँखा स्वास्थ्यमा सवै नागरिकको पहुँच पुर्याउन संघिय, प्रादेशिक तथा स्थानिय सरकारसँग सहकार्य गरी स्थानिय सरकारी स्वास्थ्य संस्थामा आँखा उपचार सेवाको विस्तार गर्ने छ। 

    ४. नेपाल रेडक्रस सोसाइटीवाट संचालित अस्पतालहरुलाई विभिन्न विशेषज्ञ सेवाका साथै एकेडेमिक र खोज अनुसन्धानमुलक संस्थाको रुपमा विकास गर्दै लगिने । 

    ५. आवश्यक जनशक्ति विकास गर्दै लैजाने सम्झौताका उद्देश्यहरु रहेका छन् ।  

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार