• बुधबार, ४ कात्तिक २०८३
  • images

    दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने  ‘हेल्लो परामर्श सेवा’ बन्द

    दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने  ‘हेल्लो परामर्श सेवा’ बन्द

    सोमबार, असोज ४ २०७८
    सोमबार, असोज ४ २०७८
    दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने  ‘हेल्लो परामर्श सेवा’ बन्द


    ओखलढुङ्गा । दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ। कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गाैलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो।
    सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पु¥याइदिन माग गरेका थिए। ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ।
    सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाले जानकारी दिए। “सेवा त सुरु गरियो तर, खै किन हो? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन्। त्यसैले अहिले बन्द गरेका छौँ” उनले भने, “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो। सोचेजस्तो भएन।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार