• बुधबार, २८ असोज २०८३
  • images

    सोमबारदेखि निरन्तर ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने

    सोमबारदेखि निरन्तर ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने

    १८ वर्षमाथिका सबैले पाउने 

    हेल्दीखबर
    शनिबार, असोज २ २०७८
    हेल्दीखबर
    शनिबार, असोज २ २०७८
    सोमबारदेखि निरन्तर ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने

     

    काठमाडौ  । सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिनेछ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

    काभ्रे  र चितवनका ३५ वर्ष माथिका खोप लगाउने बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

    त्यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक  र १८ वर्ष वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

    माथि उल्लेखित बाहेक ५८ जिल्लाहरुमा मनाङ,मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा भने ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यसबाहेक, यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा,शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेत खोप दिइने बताइएको छ।

    कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले भने यो खोप लगाउन हुँदैन।

    khop3 ashoj.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार