• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा फाईजर खोपले पायो अनुमति,१२ देखि १८ वर्षसम्मका बालबालिकाहरुलाई लगाइने

    नेपालमा फाईजर खोपले पायो अनुमति,१२ देखि १८ वर्षसम्मका बालबालिकाहरुलाई लगाइने

    शनिबार, भदौ २६ २०७८
    शनिबार, भदौ २६ २०७८
    नेपालमा फाईजर खोपले पायो अनुमति,१२ देखि १८ वर्षसम्मका बालबालिकाहरुलाई लगाइने


    काठमाडौँ  । नेपालमा फाइजर खोपले प्रयोगका लागि आपतकालिन अनुमति पाएको छ । 
     स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागले कोरोना विरुद्धको खोप फाइजर बायोटेक्सलाई  आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले स्वास्थ्य मन्त्रालयका सिफारिसमा फाइजर खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताउनुभयो । 
    सरकारले १२ देखि १८ बर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख फाईजर खोप खरिद गर्नलाई प्रक्रिया अघि बढाइसकेको छ । फाइजर खोप माइनस ७० डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले हालसम्म यो खोपको प्रयोग नेपालमा भएको थिएन । 
     सरकारले फाईजर खोप ल्याउनका लागि उक्त खोपलाई मिल्ने तापक्रम अनुसारको चार वटा फ्रिज समेत ल्याइसकेको छ । 
      नेपालमा यसअघि नै फाइजर बाहेक भातरमा उत्पादित कोभिसिल्ड, कोभ्याक्सिन, चीनमा उत्पादित भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित एस्ट्राजेनेका, अमेरिकी कम्पनीले उत्पादन गरेको जोनसोन एण्ड जोनसोन  खोपले आपतकालिन प्रयोगको अनुमति पाईसकेको छ । 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार