• बिहीबार , २९ असोज २०८३
  • images
    images

    जानौँ, स्वास्थ्यका लागि कस्तो भित्री बस्त्रको प्रयोग गर्दा ठिक

    जानौँ, स्वास्थ्यका लागि कस्तो भित्री बस्त्रको प्रयोग गर्दा ठिक

    बुधबार, भदौ ९ २०७८
    बुधबार, भदौ ९ २०७८
    जानौँ, स्वास्थ्यका लागि कस्तो भित्री बस्त्रको प्रयोग गर्दा ठिक


    काठमाडौँ । तपाँईं हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ । तर, यस्तो कुरा सही होइन । भित्री बस्त्र छालामैत्री वा सहज हुनुपर्छ । अन्याथा यसले शरीरमा असर गर्न सक्छ । तर, प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री बस्त्रको बारेमा संवेदनसिल हुनैपर्छ ।
    कपडा धेरै किसिमको हुनेगर्छ । त्यसमध्ये सुतीको कपडा राम्रो हो । भित्री बस्त्रका लागि सुती नै सही हुनसक्छ । सुतीको भित्री बस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । सिन्थेटिक कपडा नै किनेपनि भित्रको लाइनिङ सुतीकै हुनुपर्छ ।
    कस्तो नाप ः– भित्री बस्त्र कुन साइजको लिने रु त्यो तपाईंको शरीरमा निर्भर गर्छ । कसैलाई ठूलो चाहिएला, कसैलाई मझौला, कसैलाई सानो । आफुलाई फिट हुने भित्री बस्त्र किन्नुपर्छ । यसको पेन्टी, ब्रा जेसुकै होस्, आफ्नो नाप अनुसार सही छ भने हिँडडुल गर्न सजिलो हुन्छ ।
    कस्तो रंग ः– कस्तो रंगको भित्री बस्त्र रु यो प्रश्न तपाईलाई वाहियात लाग्न सक्छ । तर, चिकित्सकहरु भन्छन् सेतो पेन्टी लगाउनु उपयुक्त हुने बताउँछन् । रंगबिरंगी पेन्टी आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री बस्त्र नै राम्रो हुन्छ ।
    कहिले बदल्ने ः– पेन्टी कहिले बदल्नुपर्छ रु अक्सर यसबारे हामी उति ख्याल गर्दैैनौं । अरु लुगा, जुत्ता आदि त समय समयमा वा फेसन अनुरुप बदल्छौं । तर, पेन्टी  पेन्टी निश्चित अवधीमा बदल्नुपर्छ । धेरै समय एउटै पेन्टी प्रयोग गर्दा त्यसले प्रजनन अंगामा समस्या ल्याउन सक्छ ।
    खासगरी यो विषयमा महिलाहरुले सर्तक हुन आवश्याक छ । जब तपाईं पेन्टी धुनुहुन्छ, त्यसअघि पेन्टीमा राम्ररी हेर्नुहोस् । यसमा सेतो टाटो देखियो भने चिन्ताको विषय हुन्दैन तर रातो टाटो देखियो भने स्त्रीरोग विशेषज्ञको परामर्श लिनु उचित हुन्छ । 
    राती सुत्दा पेन्टी लगाउने कि नलगाउने ?
    राती सुत्दा पेन्टी लगाउने कि नलगाउने रु संभव भएसम्म पेन्टी नलगाई सुत्नु राम्रो हो । पेन्टी नलगाइ सुत्दा महिलाहरुले छुट्टै आनन्द पाउँछन् र शरीरको त्यो भागलाई पनि राहत मिल्छ ।
     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार