• बुधबार, २८ असोज २०८३
  • images

    अष्ट्रेलियाको सिड्नीमा कोरोना खोप कार्यक्रमलाई तीव्रता

    अष्ट्रेलियाको सिड्नीमा कोरोना खोप कार्यक्रमलाई तीव्रता

    बिहीबार , भदौ ३ २०७८
    बिहीबार , भदौ ३ २०७८
    अष्ट्रेलियाको सिड्नीमा कोरोना खोप कार्यक्रमलाई तीव्रता


    काठमाडौं । कोरोना भाइरस संक्रमण उल्लेख्यरुपमा बढेसँगै अष्ट्रेलियामा खोप कार्यक्रमलाई तीव्रता दिन थालिएको छ । आज अष्ट्रेलियामा कोरोनाका अहिलेसम्मकै धेरै दैनिक नयाँ संक्रमित फेला परेका छन् । विशेषगरी न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।
    आज न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले कोरोना संक्रमण घटाउन खोप अभियानलाई तीव्रता दिनुको विकल्प नभएको बताउनुभएको छ । आज अष्ट्रेलियामा कोरोनाका ७५४ नयाँ संक्रमित फेला वरेका थिए । जसमध्ये न्यु साउथ वेल्समा मात्र ६८१ नयाँ संक्रमित फेला परेका हुन् । सिड्नीको लकडाउन हटाउने तयारी चलिरहेको अवस्थामा मानिसहरुलाई सुरक्षित बनाउन पनि खोप अभियानलाई तीव्रता दिन लागिएको हो ।
    यद्यपि सिड्नीको लकडाउन १६ वर्षभन्दा माथिको उमेर समुहका ७० प्रतिशतले खोप नलगाउँदासम्म लकडाउन जारी रहन सक्ने अधिकारीहरुले बताएका छन् । यो लक्ष्य अक्टोबरको अन्तिममा मात्र हासिल हुन सक्ने अपेक्षा छ । अहिलेसम्म न्यु साउथ वेल्सका २८.५ प्रतिशतले पूरा डोज खोप लगाइसकेका छन् । जबकि ५२ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् ।
    एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    थप समाचार