• सोमबार, २५ साउन २०८३
  • images

    नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त

    नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त

    शुक्रबार, साउन २२ २०८३
    शुक्रबार, साउन २२ २०८३
    नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त

    काठमाडौं, २२ साउन । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त हुनुभएको छ। नियुक्तिपश्चात् उहाँले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

    शपथग्रहणसँगै डा. थापाले परिषद्को रजिस्ट्रारको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।

    नेपाल फार्मेसी परिषद् फार्मेसी शिक्षा, फार्मेसी जनशक्तिको दर्ता तथा इजाजत, पेसागत मापदण्ड निर्धारण र औषधि सेवाको गुणस्तर कायम गर्न भूमिका निर्वाह गर्ने प्रमुख नियामक निकाय हो। परिषद्ले दक्ष, सक्षम तथा जिम्मेवार फार्मेसी जनशक्ति विकास र पेसागत आचारसंहिताको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार