• सोमबार, २५ साउन २०८३
  • images

    फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    हेल्दीखबर
    सोमबार, पुस २३ २०८०
    हेल्दीखबर
    सोमबार, पुस २३ २०८०
    फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण

    काठमाडौँ, २३ पुस । नेपाल फार्मेसी परिषद्ले गत शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन् ।

    परीषद्का अनुसार परीक्षामा १ हजार ५०५ जनाले सहभागिता जनाएका थिए । ती मध्ये ८३१ जना (५५.३१ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

    परिषद्ले सधै जस्तै यो परीक्षा पनि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानलाई परीक्षा केन्द्र तोकि सञ्चालन गरेको थियो ।


    फार्मेसी सहायकको गत भदौमा लिइएको २३ औँ नाम दर्ता परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका थिए । त्यसको तुलनामा यसपटक नतिजामा सामान्य सुधार देखिएको छ ।
    परिषद्ले लिएको यो २४ औँ नाम दर्ता परीक्षा हो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार