• मंगलबार, २६ साउन २०८३
  • images

    नर्सिङ लाइसेन्स परीक्षा चैत ३ गते हुने

    नर्सिङ लाइसेन्स परीक्षा चैत ३ गते हुने

    बिहीबार , माघ १८ २०८०
    बिहीबार , माघ १८ २०८०
    नर्सिङ लाइसेन्स परीक्षा चैत ३ गते हुने

    काठमाडौँ, १८ माघ । नेपाल नर्सिङ परिषद्ले आगामी  चैत ३ गते लाइसेन्स (नामदर्ता) परीक्षा लिने भएको छ ।
    नर्सिङ परिषदले आज एक सूचना जारी गर्दै लाईसेन्स परीक्षा चैत ३ गते हुने जानकारी दिएको हो । परिषदले  २१ माघ देखि एक महिनासम्म अनलाइन फारम लिने भएको छ ।

    परिषद्को सूचना अनुसार तोकिएको अवधीमा फारम भर्न छुटेमा आगामी २२ फागुन देखि २४ फागुन अपरान्ह ५ बजेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम भर्न सकिने उल्लेख गरेको छ ।


    परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ उत्तीर्ण भएकाहरु यो परीक्षामा सहभागी हुन पाउने बताएको छ ।

    परिषद्ले परीक्षाका लागि नियमित दस्तुर ३१०० रुपैयाँ तोकेको छ । तर दोब्बर दस्तुर तिर्ने अवस्था आएमा ६१०० रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

    लाइसेन्स परीक्षाको लिखितमा १५० पूर्णाङ्कको १५० वटा प्रश्नहरु सोधिने र उत्तीर्ण हुनका लागि ५० प्रतिशत अंक ल्याउनु पर्ने परिषद्ले जनाएको छ ।
    हेरौँ विस्तृत सूचनाः

    notice nursing.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    थप समाचार