• आइतबार, १४ भदौ २०८३
  • images

    पूर्व प्रम ओली २१ दिनको उपचारपछि डिस्चार्ज

    पूर्व प्रम ओली २१ दिनको उपचारपछि डिस्चार्ज

    शनिबार, वैशाख ५ २०८३
    शनिबार, वैशाख ५ २०८३
    पूर्व प्रम ओली २१ दिनको उपचारपछि डिस्चार्ज

    काठमाडौँ, ५ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।


    शल्यक्रियापछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार देखिएकाले चिकित्सकहरूको सल्लाहअनुसार उहाँलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

    महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत २१ दिनदेखि उपचाररत रहनुभएका ओलीलाई शनिबार डिस्चार्ज गरिएको हो । 

    गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सो अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको बताउनुभयो।

    उहाँका अनुसार अस्पतालमा भर्ना भएपछि ओलीमा पित्तथैलीसम्बन्धी समस्या पुष्टि भएको थियो। उक्त समस्याको शल्यक्रिया डा दिव्यासिंह शाहको संयोजनामा सफलतापूर्वक सम्पन्न गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार