• आइतबार, १४ भदौ २०८३
  • images

    दोहोरो नागरिकता विवादमा चिकित्सकको लाइसेन्स खारेज

    दोहोरो नागरिकता विवादमा चिकित्सकको लाइसेन्स खारेज

    काउन्सिलद्वारा डा. तुषार सरबजनाको दर्ता रद्द गरेको हो

    बिहीबार , वैशाख ३ २०८३
    बिहीबार , वैशाख ३ २०८३
    दोहोरो नागरिकता विवादमा चिकित्सकको लाइसेन्स खारेज

    काठमाडौँ, ३ वैशाख । नेपाल मेडिकल काउन्सिलले एक जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ।
    काउन्सिलको गत ६ चैतमा बसेको दर्ता समितिको बैठकले डा. तुषार सरबजना ( दर्ता नं. ३५१४२) को अस्थायी (एमबीबीएस) तथा विशेषज्ञ (एमडी अप्थाल्मोलोजी) दर्ता खारेज गर्ने निर्णय गरेको जनाएको छ।
    काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले सरबजनाले भारतीय नागरिकको कोटामा नेपालमै अध्ययन पूरा गरेको र पछि नेपाली नागरिकता पेश गरेको पाइएको बताउनुभयो।

     उहाँले सरबजनाको नाम अझै पनि नेशनल मेडिकल काउन्सिल (भारत) मा चिकित्सकको रूपमा दर्ता रहेको देखिएको जानकारी दिनुभयो।
    डा. देवले भन्नुभयो, “स्थायी दर्ताका लागि पेश गरिएका कागजातहरू अध्ययन गर्दा उहाँसँग भारतीय पासपोर्ट र नेपाली नागरिकता (वंशज) दुवै देखिएको पाइयो।” 

    उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा विदेशी विद्यार्थी (फरेन नेशनल फुल ट्युसन फी) अन्तर्गत अध्ययन गर्नुभएको थियो।

    उहाँका अनुसार गृह मन्त्रालयबाट प्राप्त विवरणमा  २०७८ असोज २८ गते जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता (वंशज) प्राप्त गरेको उल्लेख रहेको बताउनुभयो। साथै भारतीय मेडिकल निकायको अभिलेखमा उहाँ भारतीय चिकित्सकको रूपमा दर्ता रहेको देखिएको जानकारी पनि दिनुभयो।
    डा. देवले भन्नुभयो, “दुवै देशका अभिलेखहरू हेर्दा उहाँ विदेशी नागरिक भएको देखिएको र विदेशी चिकित्सकलाई स्थायी दर्ता दिन नमिल्ने भएकाले काउन्सिलले दर्ता खारेज गर्ने निर्णय गरेको हो।”
    यसअघि १६ असोज २०८१ मा बसेको काउन्सिल बैठकले भने सरबजनाको अस्थायी दर्ता फुकुवा गर्दै विशेषज्ञ (एमडी अप्थाल्मोलोजिष्ट) का रूपमा दर्ता गर्ने निर्णय गरेको थियो।
    काउन्सिलले विदेशी नागरिकको हैसियतमा अध्ययन गरेका चिकित्सकलाई नेपालमा दर्ता दिन नमिल्ने स्पष्ट प्रावधान रहेको बताउँदै सोही आधारमा डा. सरबजनाको दर्ता खारेज गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार