• शनिबार, १ कात्तिक २०८३
  • images

    डाक्टर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

    डाक्टर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

    कार्यालय सहयोगीमाथि कुटपिटको आरोप 

    बिहीबार , चैत २६ २०८२
    बिहीबार , चैत २६ २०८२
    डाक्टर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी

    सिरहा, २६ चैत । डा. नवीनकुमार यादवविरुद्ध कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ। 

    सिरहा नगरपालिकाका प्रमुख समेत रहनुभएका डा. यादवले नगरपालिकामा कार्यरत एक कार्यालय सहयोगीमाथि हातपात गरेको घटनामा उहाँविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले नगरप्रमुख यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी जारी गरिएको बताउनुभयो।

    प्रहरीका अनुसार सोमबार बिहान करिब ९ बजे कार्यालयमा हाजिरी गरिरहेका बेला नगरप्रमुख यादवले ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ।

     उक्त कुटपिटबाट पीडितको शरीरका विभिन्न भागमा चोट लागेको र एक हड्डीसमेत भाँचिएको प्रारम्भिक विवरण रहेको प्रहरीले जनाएको छ।

    घाइते रामशरण यादवलाई उपचारका लागि विराटनगर लगिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अवस्था सुधारोन्मुख रहेको छ ।

    प्रहरी उपरीक्षक पाठकले पक्राउ पुर्जी जारी भएसँगै नगरप्रमुख यादवको खोजी कार्य तीव्र पारिएको बताउनुभयो। 

    घटनामा संलग्न देखिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको छ ।
    सोही घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाका कर्मचारी रोहित मेस्तरलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। उनीमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार