• बुधबार, ४ कात्तिक २०८३
  • images

    रामेछापमा निर्वाचन गराउन जाँदै गरेको गाडी दुर्घटना, शिक्षक र प्रहरीको निधन

    रामेछापमा निर्वाचन गराउन जाँदै गरेको गाडी दुर्घटना, शिक्षक र प्रहरीको निधन

    सोमबार, फागुन १८ २०८२
    सोमबार, फागुन १८ २०८२
    रामेछापमा निर्वाचन गराउन जाँदै गरेको गाडी दुर्घटना, शिक्षक र प्रहरीको निधन

    रामेछाप, १८ फागुन  । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचन गराउन निर्वाचन सामाग्री र कर्मचारीहरू बोकेर रामेछाप नगरपालिका वडा नं २, देउराली जाँदै गरेको गाडी दुर्घटनामा परेको छ ।

     दुर्घटनामा एक जना प्रहरी सहायक निरीक्षक र  शिक्षकको घटनास्थलमै निधन भएको छ ।

    images

    निधन हुनेमा शिक्षक डाेर प्रसाद  घिमिरे हुनुहुन्छ । दुर्घटनामा घिमिरेको निधन भएको उहाँका आफन्तले जानकारी दिनुभयो । उहाँ बसेरी निवासी हुनुहुन्छ ।

     दुई नम्बर वडाका वडा अध्यक्ष निरकुमार श्रेष्ठले दुर्घटनामा एक प्रहरीको मृत्यु भएको जानकारी दिनुभयो । 
     

    उहाँका अनुसार निर्वाचन सामाग्री र कर्मचारीहरू बोकेर जाँदै गरेको  महेन्द्रा निसान गाडी वडा नं २ देउरालीको वडा कार्यालय नजिकै स्वमिडाँडामा उकालो मोड्मा मोड्ने क्रममा ब्रेक फेल भएर पल्टिएको आशंका गरिएको छ ।

     दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि एम्बुलेन्स मार्फत अस्पताल तर्फ पठाइएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । दुर्घटनामा परेका ‘चार जना गम्भिर अवस्थामा छन्, बाँकी ३ जना अरू भन्दा केही सामान्य छन्’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

    दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली पुगिसकेको छ । घटना बारेमा विस्तृत जानकारी आउने क्रममा रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार