• आइतबार, १४ भदौ २०८३
  • images

    रास्वपा सभापति रवि लामिछाने डिस्चार्ज

    रास्वपा सभापति रवि लामिछाने डिस्चार्ज

    बिहीबार , माघ १५ २०८२
    बिहीबार , माघ १५ २०८२
    रास्वपा सभापति रवि लामिछाने डिस्चार्ज

    काठमाडौँ , १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज हुनुभएको छ । 


    त्रिवि शिक्षण अस्पतालका अनुसार देब्रे खुट्टामा देखिएको संक्रमणको उपचार सम्पन्न भएपछि बिहीबार लामिछानेलाई डिस्चार्ज गरिएको हो। अस्पताल व्यवस्थापनले दिएको जानकारीअनुसार उहाँको उपचार सेलुलाइटिससम्बन्धी समस्याका लागि गरिएको थियो।

    अध्यक्ष लामिछाने माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि असहजतामा पर्नुभएको थियो । 

    प्रारम्भिक उपचार तथा औषधि सेवनबाट अपेक्षित सुधार नआएपछि संक्रमण फैलिएको र त्यसपछि माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार