काठमाडौं,२२ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको अस्थायी दर्ताको व्यवस्थालाई पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।
काउन्सिलको पूर्ण बैठकले नियमावली संशोधन गरेर यो व्यवस्था हटाउने निर्णय गरेको हो ।
काउन्सिलका प्रवक्ता डा. सतिशकुमार देवले काउन्सिलको पूर्ण बैठकले चिकित्सकको अस्थायी दर्ताको व्यवस्था खारेज गरेको जानकारी दिनुभयो । उहाँले काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ संशोधनका लागि सिफारिस गरेको जानकारी दिनुभयो ।
काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ता हटाउने प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो।
मंगलबार काउन्सिलका रजिष्ट्रार डा देवको हस्ताक्षरमा मन्त्रालयमा पठाइएको पत्रमा पनि संशोधन गर्नुपर्ने विषय उल्लेख छ।
काउन्सिलको यो निर्णय मन्त्रालयबाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा लागू हुनेछ।
हेरौँ काउन्सिलको पत्रः