• बुधबार, २८ असोज २०८३
  • images

    औषधि व्यवस्था विभागका महानिर्देशकको टोलीद्वारा भरतपुर अस्पतालको फार्मेसी अनुगमन 

    औषधि व्यवस्था विभागका महानिर्देशकको टोलीद्वारा भरतपुर अस्पतालको फार्मेसी अनुगमन 

    आइतबार, मंसिर २८ २०८२
    आइतबार, मंसिर २८ २०८२
    औषधि व्यवस्था विभागका महानिर्देशकको टोलीद्वारा भरतपुर अस्पतालको फार्मेसी अनुगमन 

    भरतपुर, २८ मंसिर ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भरतपुर अस्पतालमा सञ्चालित फार्मेसी सेवाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । 

     महानिर्देशक ढकाल सहितको टोलीले आइतबार अस्पतालमा सञ्चालित फार्मेसी सेवाको निरीक्षण तथा अनुगमन गर्नुभयो । 

    महानिर्देशक सहितको टोलीले अस्पतालमा सञ्चालित स्वास्थ्य बीमा, ओपिडी, इण्डोर, ओटी, कम्पाउण्डिङ फार्मेसी ल्याब लगायतका फार्मेसीहरुको निरीक्षण गर्नुभएको थियो । 


    निरीक्षणका क्रममा महानिर्देशक ढकालले भरतपुर अस्पतालले दिइरहेको सेवाको प्रशंसा गर्दै औषधिको भण्डारण शाखाको क्षमता बढाउन सुझाव दिनुभयो । 

     उहाँले भरतपुर अस्पतालमा सञ्चालित फार्मेसीहरु कुशल फार्मेसी अभ्यास निर्देशिका अनुसार भए नभएको पनि निरीक्षण गरेको बताउनुभयो ।  

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार