काठमाडौं,२० मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहिन खजुरीको नेपाल प्रालिको पफ बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ।
उक्त खाद्य पदार्थ न्यून गुणस्तरको भएको भन्दै विभागले खजुरीको पफको बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।
बजार अनुगमनको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम विभागले खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गरेको थियो। जसमा बी१–३ए र बी१–५ए ब्याजको पफ न्यून गुणस्तरको पाइएको हो।
यो ब्याजको पफमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा नबढेको हुनुपर्नेमा सो भन्दा बढी पाइएको विभागले जनाएको छ। उक्त ब्याजको खाद्य पदार्थ न्यून गुणस्तरको भएकाले यसको बिक्री वितरण नगर्न र नगराउन पनि विभागले निर्देशन दिएको छ।
हेरौँ विभागको सूचनाः
