बजारबाट फिर्ता लैजान निर्देशन
काठमाडौ, ३० कात्तिक । औषधि व्यवस्था विभागले ग्लोबल हेल्थकेयरले उत्पादन गरेको हेण्ड स्यानिटाइजर बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहिन पाइएपछि फिर्ता लैजान सूचना जारी गरेको हो ।
उक्त कम्पनीले उत्पादन गरेको किएर ११–२२ ब्याच नम्बर भएको स्यानिनटाइजर तत्काल बजारबाट फिर्ता गर्न र सो को जानकारी विभागमा दिन पनि सूचना जारी गरेको छ ।
हेरौँसूचनाः
