काठमाडौँ, १६ मंसिर । वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठलाई पितृशोक परेको छ ।
उहाँका पिता कुलबहादुर श्रेष्ठको आज ९५ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो ।
उहाँ लामो समयदेखि स्वासप्रश्वास तथा मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र इन्जिनिएर राममनोहर श्रेष्ठको समेत पिता हुनुहुन्छ ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
उहाँका ३ भाई छोरा र २ बहिनी छोरी हुनुहुन्छ ।