• बिहीबार , २९ असोज २०८३
  • images
    images

    मधुमेह र उच्चरक्तचापको औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

    मधुमेह र उच्चरक्तचापको औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

    मंगलबार, मंसिर २ २०८२
    मंगलबार, मंसिर २ २०८२
    मधुमेह र उच्चरक्तचापको औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

    काठमाडौँ, २ मंसिर । नेपाल औषधि लिमिटेडले मधुमेह र उच्चरक्तचाप लगायतका नौ प्रकारका औषधि उत्पादन गर्ने भएको छ । 


    लिमिटेडले नौ प्रकारको औषधिको तीन महिनाको परीक्षण पुरा गरि ६ महिनाको परीक्षण सकाउने तयारीमा रहेको जानकारी दिएको छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्ट्रोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिन लगायत नौ प्रकारका औषधिको उत्पादनको तयारीमा रहेको छ ।

    images

    लिमिटेडका महाप्रवन्धक कैलाशकुमार पनेरुले ती नौ प्रकारका औषधिको छ महिनाको परीक्षण चाँडै नै सकेर अर्को महिना उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमति पत्र लिएर उत्पादन शुरु गर्ने जानकारी दिनुभयो । 

     यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ ।
    “पहिलो चरणको ती औषधिको तीन महिनाको परीक्षण सकिसकेको छ । अव दोस्रो चरणको छ महिना परीक्षण अन्तिम चरण पुगेको छ” पनेरुले भन्नुभयो, “दोस्रो चरणको छ महिनाको परीक्षण सकेर बजारको लागि उत्पादन गर्न अनुमति लिएर उत्पादन गर्दछौ ।”
    छ महिनाको परीक्षण गर्ने क्रममा मेसिन विग्रिएर दुई महिना उत्पादनमा ढिलाई भएको महाप्रवन्धक पनेरुले जानकारी दिनुभयो ।  अहिले लिमिटेडले मेसिन बनाएर नौ प्रकारका औषधिको परीक्षण गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार