• सोमबार, २५ साउन २०८३
  • images

    नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि आवेदन  खुल्ला 

    नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि आवेदन  खुल्ला 

    २१ दिनभित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    बिहीबार , जेठ ११ २०८०
    हेल्दीखबर
    बिहीबार , जेठ ११ २०८०
    नेपाल औषधि लिमिटेडको महाप्रवन्धकका लागि आवेदन  खुल्ला 

    काठमाडौं,११ जेठ । नेपाल औषधि लिमिडेटको रिक्त महाप्रवन्धक पदको लागि आवेदन आह्वान गरेको छ।
    गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट गरिने नियुक्तीका लागि आवेदन आह्वान गरिएको हो।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।

    महाप्रवन्धक हुनका लागि जनस्वास्थ्य, फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको अनुभव भएको भनिएको छ।

    आवेदक ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने  छ।
    हेरौं सूचना: 

    notice_aausadhi ltd.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार