• बिहीबार , २९ असोज २०८३
  • images
    images

    औषधि लिमिटेडको महाप्रन्धकमा कैलाशकुमार पनेरु नियुक्त 

    औषधि लिमिटेडको महाप्रन्धकमा कैलाशकुमार पनेरु नियुक्त 

    हेल्दीखबर
    मंगलबार, भदौ १२ २०८०
    हेल्दीखबर
    मंगलबार, भदौ १२ २०८०
    औषधि लिमिटेडको महाप्रन्धकमा कैलाशकुमार पनेरु नियुक्त 

    काठमाडौँ,१२ भदौ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ।
    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको  औषधि लिमिटेडमा गन्यापधुरा गाउँपालिका–४, डडेल्धुराका पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको हो।

    महाप्रवन्धक पदका लागि नौ जनाले उम्मेदवारी दिएका थिए । महाप्रबन्धक  नियुक्ति  सिफारिस समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको थियो। 
    जसमा पनेरु सहित उमेशप्रसाद गुप्ता र डा. राजकुमार थापाको नाम थियो। यी तीन मध्येबाट पनेरुलाई नियुक्त गरिएका हो।

    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्वद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ अनुसार लिमिटेडको महाप्रबन्धक छनौटका लागि सिफारिस समितिको आइतबारको निर्णयअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस भएको हो।

    नेपाल औषधि लिमिटेडले रिक्त महाप्रवन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा पदपुर्तिका लागि गत जेठ ११ गते सार्वजनिक सूचना जारी गर्दै दरखास्त आव्हान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार