• बुधबार, ४ कात्तिक २०८३
  • images
    भक्तपुर अस्पतालले दिएको टेबुल र कुर्सीबाट सेवा सुरु गरेको प्रत्यारोपण केन्द्र

    डा पुकारको नेतृत्वमा शुन्यबाट शिखरमा पुर्याउन सफल

    डा पुकारको नेतृत्वमा शुन्यबाट शिखरमा पुर्याउन सफल

    मंगलबार, असोज ७ २०८२
    मंगलबार, असोज ७ २०८२
    डा पुकारको नेतृत्वमा शुन्यबाट शिखरमा  पुर्याउन सफल

    काठमाडौं, ७ असोज । मानव अंग प्रत्यारोपण केन्द्रः भक्तपुर अस्पतालले सेवा विस्तारका लागि बनाएको भवनबाट सेवा सुरु गरिएको थियो । त्यसको नेतृत्व वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो । 


    १३ वर्ष अगाडी साँघुरो भवन बाहेक अरु केही थिएन । भक्तपुर अस्पतालले तत्कालिन मानव अंग प्रत्यारोपण केन्द्रलाई सेवा सञ्चालन गर्न एउटा टेवल र कुर्सी उपलब्ध गराएको थियो । 

    images
    karmachari hotc.jfif
    undefined


    एउटा टेबल र कुर्सीबाट सेवा दिएको अस्पतालले अहिलेसम्म एक हजार पाँचसय बढीको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको छ । यस्तै ३५ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । 


    अस्पताललाई शुन्यबाट शिखर पु¥याउने योगदान डा.पुकारचन्द्र श्रेष्ठलाई जान्छ । उक्त अस्पताल सञ्चालन भएदेखि डेढ वर्षबाहेक हालसम्म डा.श्रेष्ठले नेतृत्व गरिरहनुभएको छ । 


    उहाँको नेतृत्वमा उक्त अस्पताल शुन्यबाट शिखरसम्म पुग्न सफल भएको छ । पछि मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरेर शहिदको नाम रहन पुग्यो । शुन्यबाट शिखरसम्म पु¥याउने शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ आइतबारबाट सेवा निवृत हुनुभएको छ । 


     विसं २०६९ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको केन्द्रको स्थापना कालदेखि नै डा.पुकार केन्द्रको निर्देशकको रुपमा कार्य गर्दै आउनुभएको थियो । 

     केन्द्रले असोज ७ गते भव्य कार्यक्रमको आयोजना गरि कार्यकारी निर्देशक डा. पुकारको विदाई गरेको छ ।


    विदाई कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केन्द्रको सञ्चालक समितिका सदस्य एवं संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा सहित केन्द्रका कर्मचारीले डा. पुकारको योगदानको कदर गर्दे सम्मान सहित विदाइ गरेको हो । 

    प्रत्यारोपीहरुका तर्फबाट झंक श्रेष्ठ, केन्द्रका कर्मचारीका तर्फबाट डा. कल्पना श्रेष्ठ, स्थानियवासीका तर्फबाट सोम थापा, नागरिक समाजका तर्फबाट मदनकृष्ठ श्रेष्ठले डा. पुकारले कलेजो र मिर्गौला प्रत्यारोपण सेवालाई सून्यदेखि शिखरसम्म पुर्याएर देशलाई अमूल्य योगदानको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

    सो अवसरमा डा. श्रेष्ठकी पत्नी नविना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । विदाई कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले डा. पुकारको सक्षम नेतृत्व र केन्द्रका कर्मचारीको अथक प्रयासका कारण नै केन्द्रले देशकै सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने केन्द्रका रुपमा स्थापित भएको बताउनुभयो ।

    केन्द्रले ७ जनाको मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदानबाट १३ जनामा मिर्गौला, ४ जनामा कलेजो तथा एक जनामा कलेजो र मिर्गौलाको सफल प्रत्यारोपण गरेर इतिहास रच्न सफल भएकोमा डा. पुकार सहित केन्द्र परिवारलाई धन्यवाद दिइएको थियो ।  

    वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठले डा. पुुकारको योगदान सधै स्मरण रहने बताउनुभयो। अस्पताललाई शुन्यबाट शिखरसम्म पु¥याउन डा.पुकारले खेलेको योगदान सधै स्मरणयोग्य हुने भन्दै उहाँले केन्द्रलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 
    प्रत्यारोपी झंक श्रेष्ठले डा. पुकारले नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा दिएको योगदान सबै नेपालीले सधै स्मरण गरिरहने बताउदै डा. श्रेष्ठको अवकास प्राप्त जिवनको शुभकामना व्यक्त गर्नुभयो । 

     केन्द्रका प्रशासनिक अधिकृत हरिहर पोखरेलले डा. श्रेष्ठ अवकासमा गए पनि केन्द्रलाई उहाँको साथ, सहयोग र सल्लाह सधै प्राप्त भइरहने बताउनुभयो ।

    May be an image of 2 people, flower, wedding, dais and text


     विदाई समारोहलाई सम्बोधन गर्दै सेवा निवृत डा पुकारले केन्द्रको स्थापनाकाल देखि अहिलेको अवस्थासम्म सहयोग गर्ने व्यक्तिहरुलाई स्मरण गर्दै सबैको साथ र सहयोगले केन्द्रले अहिलेको सफलता प्राप्त गरेको बताउनुभयो । 

    May be an image of 5 people, dais, temple and text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सम्मान तथा विदाई कार्य न मिति: मिति/03/0 ನಂತನಾ २०7२/०६/0 आयोजक ध्रमंभक्त राष्ट्िय प्रत्यारोप'
     मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रमार्फत शून्यदेखि शिखरसम्म पुर्याउन केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै भविश्यमा पनि आफुले सक्दो सहयोग गर्न तत्पर रहेको डा पुुकारले बताउनुभयो । सो अवसरमा केन्द्रको अन्तर कथा नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।

    May be an image of 6 people, dais, wedding and text that says '注屋良 गा या मम्त्रालय प्रत्या प्रन्यारापण रापण'


     मिर्गौला प्रत्यारोपणका क्षेत्रमा केन्द्रमार्फत शून्यदेखि शिखरसम्म पुर्याउन केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको योगदानको उच्च मूल्यांकन गर्दै भविश्यमा पनि आफुले सक्दो सहयोग गर्न तत्पर रहेको डा. पुुकारले बताए । सो अवसरमा केन्द्रको अन्तर कथा नामक पुस्तकको समेत विमोचन गरिएको थियो ।

    May be an image of 8 people, people smiling, dais and text

    प्रतिक्रिया दिनुहोस
    थप समाचार