• बिहीबार , २९ असोज २०८३
  • images
    images

    कार दुर्घटनामा डा विप्लव भट्टको निधन

    कार दुर्घटनामा डा विप्लव भट्टको निधन

    शनिबार, भदौ १४ २०८२
    शनिबार, भदौ १४ २०८२
    कार दुर्घटनामा डा विप्लव भट्टको निधन

    चितवन, १४ भदौ । चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा डा विप्लव भट्टको निधन भएको छ ।

     भरतपुर महानगरपालिका १० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा परी गम्भिर घाइते डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको हो । 

     जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

    डाक्टरको भट्टको कार दुर्घटनामा  निधन भएकोमा डाक्टर स्टोरी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ। 

    Car durghatana dr biplav.jpg
    डा विप्लव भट्ट सवार कार

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार