काठमाडौं । न्यूरोसर्जन डा.सुवाष लोहनीको मृत्यु भएको छ । ३८ वर्षका लोहनीको टोखास्थित आफ्नै निवासमा बेहोस अवस्थामा फेला पर्नुभएको थियो ।
बेहोस अवस्थामा फेला पर्नुभएका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार डा.लोहनीले आत्महत्या गर्नुभएको थियो ।
लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गर्नुभएका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध हुनुहुन्थ्यो ।