धादिङ । धादिङको थाक्रे गाउँपालिका-७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार पाँच जना भारतीय नगरिकको मृत्यु भएको छ। ट्याक्सीलाई ओभरटेक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किँएपछि दुर्घटना भएको हो।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२६ च २९६८ नम्बरको कार र काठमाडौंबाट धादिङवेशी आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बस जुगेखोलामा ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो । जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा कारमा सवार पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवाल रहेका छन्।
नेपाल घुम्नका वैशाख ७ गते नेपाल आएका भारतीय नागरिक आइतबार पोखराबाट काठमाडौं फर्कदै थिए। उनीहरुले दिल्ली उड्ने टिकट गरिसकेको भेटिएको प्रहरीले बताएको छ।