• बिहीबार , २९ असोज २०८३
  • images
    images

    सीटीइभीटीको गाडी सुनकोसीमा खस्दा निर्देशक सहित तीन कर्मचारी बेपत्ता

    सीटीइभीटीको गाडी सुनकोसीमा खस्दा निर्देशक सहित तीन कर्मचारी बेपत्ता

    हेल्दीखबर
    शुक्रबार, जेठ १९ २०८०
    हेल्दीखबर
    शुक्रबार, जेठ १९ २०८०
    सीटीइभीटीको गाडी सुनकोसीमा खस्दा निर्देशक सहित तीन कर्मचारी बेपत्ता

    काठमाडौं, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खस्दा निर्देशक सहित कर्मचारीको टाेलि बेपत्ता भएको छ।

    प्रहरीका अनुसार सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बिएबी ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको हो। सिटीइभीटीका तीन कर्मचारी बेपत्ता भएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल हुनुभएको छ । 

    images

    गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो।

    सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार