काठमाडौं, २०असार । एक साताको लामो अस्पताल बसाइपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल डिस्चार्ज हुनुभएको छ ।
गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल स्वास्थ्यमा सुधार आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।
ुअस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले अस्पतालबाट डिस्चार्ज हुनु भएको हो।