काठमाडौं,२८ जेठ । नेपाल मेडिसिटी अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा अमित तोमर नियुक्त हुनुभएको छ ।
अस्पताल व्यवस्थापनले उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
अस्पतालद्धारा जारी विज्ञप्तीमा तोमरको नियुक्तिपछि अस्पतालले अझै नयाँ उचाइ हाँसिल गर्ने विश्वास अस्पताल प्रशासनले लिएको छ।
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार डा तोमरले युनिभरसिटी अफ लिड्स युकेबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गर्नुभएको छ । उहाँको विकसित तथा विकासोन्मुख देशहरुको विभिन्न अस्पताल र स्वास्थ क्षेत्रमा काम गरिसकेको अनुभव छ।
डा तोमरको नियुक्तिले नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ। उहाँको कार्य अनुभव र नेतृत्व क्षमताले अस्पताललाई आगामी दिनमा थप सफलताको मार्गमा डोर्याउनेछ, जसले बिरामीहरूलाई अत्याधुनिक उपचार र उत्कृष्ट हेरचाह प्रदान गर्न मद्दत पुग्नेछ,“ विज्ञप्तिमा भनिएको छ।
स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरी सेवा प्रदान गर्न अस्पतालले मेडिकल बोर्ड स्थापना गरेको छ। उक्त बोर्डमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू समावेश छन्, जसमा जेनेरल तथा डाइजेस्टिभ डिजिज युनिट १ का प्रमुख प्राडा सुनिल कुमार शर्मा, इएनटी–हेड एण्ड नेक सर्जरीका प्रमुख प्राडा तोरण केसी, रेडियोलोजी र इमेजिङ विभागका प्रमुख प्राडा राम कुमार घिमिरे र अर्थोपेडिक सर्जरी विभागका प्रमुख प्राडा शिशिर लाखे हुनुह्ुन्छ ।
बोर्डले अस्पतालको चिकित्सा उत्कृष्टता र नवीनतामा महत्वपूर्ण योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ।