• आइतबार, १४ भदौ २०८३
  • images

    नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

    नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

    बिहीबार , जेठ २९ २०८२
    बिहीबार , जेठ २९ २०८२
    नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

    काठमाडौँ, २९ जेठ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण गरिएको छ। 
    पोखरा निवासी ५६ वर्षिया ईश्वर बहादुर कार्कीलाई जेठ ८ गते कलेजो प्रत्यारोपण गरिएको हो। उहाँलाई २६ वर्षीय उनका छोरा आयुष कार्कीले कलेजो दान गर्नुभएको हो ।

    May be an image of 7 people, hospital and crowd

    कलेजो प्रत्यारोपण संसारकै जटिल प्रत्यारोपण मध्ये एक हो भने निकै ठूलो मल्टिडिसिप्लिनरी टोलीको यसमा आवश्यकता पर्दछ।

    May be an image of 1 person, hospital, dais and text

    प्रत्यारोपण गर्दा कलेजो दाताको झण्डै ९ घण्टा र कलेजो प्राप्तकर्ताको १३ घण्टा लागेको थियो। उक्त कार्यमा भारतको अमृता अस्पतालसंग सहकार्यगरी नेपाल मेडिसिटीका चिकित्सकहरुको नेतृत्वमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो।

    May be an image of 3 people, people studying and hospital

    “हामी उपचारका लागि दुईपटक भारत गएका थियौं, तर त्यहाँ डाक्टरको परामर्श चित्त बुझेन। बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने पर्छ भनेपछि हामी झन् आँतियौं र नेपाल नै फक्यौं,” कलेजो दाता आयुष कार्कीले भन्नुभयो ।

    May be an image of 1 person and dais

    ूनेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल रहेको थाहा पाएपछि हामी नेपाल मेडिसिटी अस्पतालमा परामर्शको लागि आयौं र कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझेपछि यहीँ प्रत्यारोपण गर्ने निर्णय गरेका हौं।

    नेपालमै सम्भव हुने उपचारका लागि हामी भारत धाउनुपर्यो। यदि पहिले नै यहाँ परामर्श लिएको भए हाम्रो समय र पैसा दुबै खर्च हुने थिएन,” उहाँले भन्नुभयो । 


    नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा उपेन्द्र महत्तोका अनुसार, यो प्रत्यारोपण सम्भव हुनुको मुख्य कारण अस्पतालमा रहेको दक्ष र समर्पित मल्टिडिसिप्लिनरी टोली हो। “हामीले अस्पताल स्थापना गर्दा नै नेपाली जनताले विदेश जानु नपरोस् भन्ने सोच राखेका थियौं,” उहाँले भन्नुभयो ।

    नेपालमा हरेक वर्ष २०० देखि ३०० जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता देखिन्छ। एम्बेसी अफ नेपाल, डिल्लीका अनुसार सन् २०२३ देखि २०२४ मा मात्र ७० जना भन्दा बढि नेपालीहरुले भारतमा गएर कलेजो प्रत्यारोपण गराएका छन्।

    ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट प्रोफेसर डा। उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको कलेजो तथा मिर्गौला दुबै बिग्रिसकेको थियो। निकै जटिल स्वास्थ्य अवस्थामा रहेका उनको सफल कलेजो प्रत्यारोपण गरिएको छ।

    ईश्वर बहादुर कार्कीको पेटमा पानी जम्ने, बेला बेलामा होस हराएको जस्तो हुने, रगत वान्ता हुने तथा बेहोस हुने जस्ता समस्या थियो। उनको कलेजोसँगै मिर्गौलाले पनि काम गर्न छाडिसकेको थियो। यस क्रममा उनी नेपालका अन्य अस्पताल र भारतमा पनि दुई पटक प्रत्यारोपणका लागि गएका थिए। उनको जटिल अवस्थाका कारण कलेजो तथा मिर्गौला प्रत्यारोपण दुबै गर्नुपर्ने भएकोले जोखिम उठाउन चाहेनन्, तर नेपाल मेडिसिटीमा भने उनको सफल कलेजो प्रत्यारोपण भएको छ,ू डा। श्रेष्ठले भने। कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको छ।

     

    ूहामीले बिरामीको शल्यक्रिया गर्नु अघि नै यसमा जोखिम रहेको र पहिले कलेजो प्रत्यारोपण गर्ने र कलेजोको कारण मिर्गौला बिग्रेको हो वा होइन जाँच गरेर मात्र मिर्गौला प्रत्यारोपण गर्ने भनेर सम्झाएका थियौं। बिरामीले धेरै अस्पतालमा धाइसकेको तथा लामो समय बितिसकेका कारण चुनौतीलाई आत्मसाथ गरी यो प्रत्यारोपण गरेका हौं, ू कलेजो प्रत्यारोपण सर्जन डा। रामबाबु साहले बताए। 

    नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ। यहाँ कलेजो प्रत्यारोपणसँगै विभिन्न अंगको पनि प्रत्यारोपण गर्दै आइरहेको छ। अस्पतालमा हालसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भईसकेको छ भने ५०० जना भन्दा बढिको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ। नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधैं समर्पित छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार