धरान, ६ वैशाख । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सहरुको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
नर्सहरुको क्षमता र क्लिनिकल व्यवस्थापनलाई बढाउने सम्बन्धि कार्यशाला सम्पन्न भएको हो। हालै नेपाल नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकाई धरानले प्रतिष्ठानमा कार्यरत सिनियर स्टार्फ नर्सहरुको नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन सीपलाई बढाउने र अपडेट गराउने उद्देश्यले एक दिने वर्कसप आयोजना गरेको हो । प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ नर्सलाई ‘डेभलपिङ इफेक्टीभ नर्स लिडरसीप’ विषयक एक दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको हो । प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ्ग संघ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानकी अध्यक्ष कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङका प्रमुख प्रा। रमानन्द चौधरी, प्रा। पुष्पा पराजुली, प्रा उपेन्द्र यादव, समी लामालगायतले सहजीकरण गर्नुभएको थियो ।
कार्याशाला गोष्ठीको संचालन प्रतिष्ठानको सिनियर स्टाफ नर्स सकुन रसाइलीले गर्नुभएको थियो ।
कार्यशालाले प्रतिष्ठानको नर्सिङ सेवा, व्यवसायिक नेतृत्व र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएको छ । कार्याशाला गोष्ठीमा ४४ जना सिनियर स्टाफ नर्सहरुको सहभागिता रहेको थियो ।