• आइतबार, १४ भदौ २०८३
  • images

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा सुचारु

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा सुचारु

    आइतबार, भदौ २७ २०७८
    आइतबार, भदौ २७ २०७८
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा सुचारु


    विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारी काममा फर्किएका छन् । एकसाता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरुले आन्दोलनलाई भने यथावतै राखेका छन् ।
    आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक संघर्ष समितिका संयोजक डा.एसपी रिमालले सबै पक्षबाट अनुरोध भएका कारण आन्दोलनलाई परिमार्जन गर्दै काममा फर्किएको बताए । उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहने संघर्ष समितिले जनाएको छ ।
    बीपी प्रतिष्ठान सुधारको माग गर्दै प्राध्यापक र कर्मचारी ९० दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार