काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताका विषयमा गरिएको छानबिन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन कार्यान्वयन गरिने बताउनुभयो । छानबिन आयोगका संयोजक समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई शुक्रबार दिउँसो प्रतिवेदन बुझाउनु भएको हो ।
प्रतिवेदन बुझाउन छानबिन आयोगका संयोजक खतिवडासहित सदस्यहरु धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेल बालुवाटार पुग्नुभएकाे थियो ।