• मंगलबार, ३ कात्तिक २०८३
  • images

    मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

    मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

    आइतबार, चैत १७ २०८१
    आइतबार, चैत १७ २०८१
    मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

    सिरहा,१७ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैयाका अस्पतालमा  अनुगमन गर्नुभएको छ ।
     अनुगमनका गरेका १४ अस्पतालमध्ये   १३ वटा अस्पताल अवैध रहेको पाइएपछि बन्द भएका छन् । 

    मुख्यमन्त्री सिंहले ती अस्पताल मापदण्ड पूरा नगरेकाले बन्द गराउन निर्देशन दिनुभएको छ।  ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उहाँको भनाइ छ ।

    images

    बन्द गरिएका अस्पतालमा  सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर,  शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक रहेका छन्।

     मापदण्ड विपरित सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ। यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति लिएर त्यो भन्दा बढी बडेमा सञ्चालन हुँदै आएको छ। 

    बन्द गराइएका अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी पक्राउसमेत परेका छन् । अस्पतालमा बिरामी भर्ना भएपनि अनुगमन टोली जानेबित्तिकै सटर बन्द गरेर भाग्न खोजेकाले उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुर  बताउँछन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार