• बुधबार, ४ कात्तिक २०८३
  • images

    कारागारभित्र झडप हुँदा १३ कैदीबन्दी घाइते

    कारागारभित्र झडप हुँदा १३ कैदीबन्दी घाइते

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    कारागारभित्र झडप हुँदा १३ कैदीबन्दी घाइते

    सिरहा,  ४ साउन । सिरहा सदरमुकामस्थित जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् । 

    कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको हो । 
    सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले नाइके को हुने भन्ने विवादले दुई समूहबीच झडप भएको जानकारी दिनुभयो ।  

    images

    उहाँले  घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल सिरहा पठाइएको जानकारी दिदै थप सुरक्षाका दृष्टिकोणले पनि उपचारका लागि उनीहरूलाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको बताउनुभयो ।      

    घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो । 

    हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।     

    सिराहा कारागार १५० कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल ४५८ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ ।     

     
      

    प्रतिक्रिया दिनुहोस
    थप समाचार