• सोमबार, २ कात्तिक २०८३
  • images

    जनकपुर सुरक्षा अस्पतालसहित चारवटा फार्मेसीलाई कारबाही

    जनकपुर सुरक्षा अस्पतालसहित चारवटा फार्मेसीलाई कारबाही

    सोमबार, पुस ७ २०८२
    सोमबार, पुस ७ २०८२
    जनकपुर सुरक्षा अस्पतालसहित चारवटा फार्मेसीलाई कारबाही

    जनकपुरधाम, ७ पुस । सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा संचालन भएका एक अस्पतालसहित चार वटा औषधी पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    औषधी व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधी पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ ।

    images

    कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल बजरङ्ग चौक, राघव सजिर्कल पसल माछा बजार र कम्युनिटी सभिर्स अस्पताल वीरेन्द्र बजारलाई सिल गरिएको हो ।

    कार्यालयले निजी अस्पतालसहित कूल दुई दर्जन औषधी पसलको अनुगमन गरेको थियो । 

    जसमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नरहेको तथा आफूखुसी औषधी बिक्री वितरण गरेको पाइएपछि पहिलो पटकलाई चेतावनी दिइएको प्रमुख साहले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार