• आइतबार, १४ भदौ २०८३
  • images

    ‘औषधि क्षेत्रमा विक्रिति बढेको छ, लाईसेन्स किनबेच हुन्छ’

    ‘औषधि क्षेत्रमा विक्रिति बढेको छ, लाईसेन्स किनबेच हुन्छ’

    हेल्दीखबर
    शनिबार, असोज ९ २०७८
    हेल्दीखबर
    शनिबार, असोज ९ २०७८
    ‘औषधि क्षेत्रमा विक्रिति बढेको छ, लाईसेन्स किनबेच हुन्छ’


    काठमाडौँ  । पूर्व गृह तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीले  औषधि (फार्मेसी) क्षेत्रमा लाइसेन्सको किनबेच हुने गरेको बताउनुभएको छ । औषधि तथा स्वास्थ्य जस्तो विषयमा गुणस्तरलाई नजरअन्दाज गर्न नहुने भन्दै तर यहि क्षेत्रमा विक्रिति बढेको दाबी गर्नुभयो ।  
     विश्व फर्मासिस्ट दिवसको अवसरमा राष्ट्रिय फार्मेसी संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अस्पतालको आफ्नै फार्मेसी हुने, डाक्टरले जेनेरिक नाम लेख्नुपर्ने,फार्मेसीमा फार्मासिस्ट अनिवार्य रुपमा बस्नुपर्ने लगायतका नियमको समेत पालना नभएको बताउनुभयो । 
    लाइसेन्स भाडामा लिएर फार्मेसी चलाइरहेको भन्दै अधिकारीले यस्ता विषयको नियमन हुन नसकेको बताउनुभयो । 
    स्वास्थ्य क्षेत्रका लागि जनपक्षीय निर्णय गरेपछि दवाव र प्रभावमा त्यसलाई रोक्न विभिन्न तत्व सक्रिय ढंगले लागिपर्ने गरेको उहाँको भनाई छ । कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन नगर्दा स्वास्थ्य क्षेत्रमा समस्या आउने गरेको बताउनुभयो । 
    नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डेले फार्मेसी क्षेत्रमा भएका विकृत्ति रोक्नुपर्ने भन्दै आफू काउन्सिलमा आईसकेपछि काउन्सिलले आचारसंहिता बनाएको बताउनुभयो । 
    धेरै नक्कली प्रमाणपत्र खारेज गरेको, औषधिको समुचित प्रयोग भएको छ कि छैन भनेर अनुगमन गर्ने काम भएको उहाँको भनाई छ । 
    कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले स्वास्थ्य क्षेत्रमा कानूनहरु आपसमा बाझिएको बताउनुभयो। कार्यक्रममा नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे, राष्ट्रिय फार्मेसी संघ केन्द्रीय अध्यक्ष क्षितिज गर्तौला, नेपाल फार्मेसी काउन्सिलका सदस्य नीरज बर्तौला लगायतले औषधि क्षेत्रमा सुधारका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार