• आइतबार, १४ भदौ २०८३
  • images

    नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाद्वारा  पदभार ग्रहण

    नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाद्वारा  पदभार ग्रहण

    बिहीबार , फागुन २२ २०८१
    बिहीबार , फागुन २२ २०८१
    नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाद्वारा  पदभार ग्रहण

    काठमाडौं, २२ फागुन । नवनियुक्त स्वास्थ्य सचिव डा विकास देवकोटाले पदभार ग्रहण गर्नुभएको छ ।
     डा देवकोटाले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

    लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।

    डा देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

    डा देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका सातौं तहबाट प्रवेश गर्नुभएको थियो। उहाँले जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, अञ्चल अस्पताल, क्षेत्रीय अपताल हुँदै प्रदेशको स्वास्थ्य सचिवसम्मको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

    स्वास्थ्यमा प्रशासन र स्वास्थ्य समूहका गरी दुई जना सचिव रहने व्यवस्था छ। हाल रिक्त भएको स्वास्थ्य समूहको सचिवबाट १२ फागुनमा ५ वर्षे कार्यकाल सकेर डा रोशन पोखरेल अनिवार्य अवकाश लिनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार