डा. संगीता मिश्र स्वास्थ्य मन्त्रालयमा
काठमाडौं, ६ असोज । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटाको सरुवा गरिएको छ ।
यसअघि ऊनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२औं तहमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा देवकोटालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। विभागमा महानिर्देशक रहेकी डा संगीता मिश्रलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।
यसअघि डा देवकोटाले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी समेत सम्हालिसकेका थिए ।