काठमाडौं, १ चैत । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले पदभार ग्रहण गर्नुभएको छ ।
उहाँले शुक्रबार बाेर्डमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
निमित्त कार्यकारी निर्देशक डा सराेज शर्माले काफ्लेलाई स्वागत गर्नुभयो।
उहाँले काफ्लेलाई स्वागत गर्दै स्वास्थ्य बिमाप्रति आमजनकाे भराेसा बढेकाे बताउँदै त्यसका लागि उपयुक्त व्यक्ति बाेर्डले प्राप्त गरेकाे बताउनुभयो ।
स्वागत कार्यक्रममा काफ्लेले स्वास्थ्य बिमा बाेर्डमा राम्रोसँग परिणाम ल्याउने गरि अघि बढ्ने बताउनुभयो ।
उहाँले बोर्डमा अनुभव र खारिएका युवा रहेकाे उल्लेख गर्दै त्यसकाे संयाेजनबाट परिणाम निकाल्ने बताउनुभयो।
याे जागिर हाेइन,उहाँले भन्नुभयो,राज्य र जनतालाई याेगदान दिने अवसर हाे। हामी यहाँ सेवासुविधा लिएर सेवा गर्ने अवसर प्राप्त भएकाले अलि बढी योगदान गर्नुपर्छ ।,´
आफूले चार वर्षकाे कार्यकालमा ४ काम र थप १ काम गरेर जाने बताउनुभयो । उहाँले
युनिभर्सल हेल्थ कभरेज हुन्छ, वित्तीय दिगाेपना, सेवा प्रवाह, निश्चित लक्ष्य, स्वास्थ्यलाइ सुलभ सरल र गुणस्तरीय बनाउन लागि पर्ने बताउनुभयो ।